Monday, May 17, 2010

केहि कुरा

समाजमा

जुत्ता लाउनेलाई थाह हुन्छ - जुत्ताले खुट्टा कहानेर खान्छ भनेर ! भारी बोक्नेलाई थाह हुन्छ - आफूले बोकेको भारी कत्तिको गहुङ्गो छ भनेर ! कुनै पनि काम गर्नेलाई थाह हुन्छ - कामको साह्रो गाह्रो कहाँ छ भनेर !!!!!! साह्रै साजिलो हुन्छ दोष देखाउन र टीकाटिप्पणी गर्न । तर त्यतिकै गाह्रो हुन्छ जुनसुकै काम गरेर देखाउन ।


दुष्ट


दुष्ट मानसिकताको मष्तिष्क भनेको स्यालको गुफा हो - जहाँ सर्वोत्तम बस्तु भनेको गधाको पुच्छरमात्र भेटिन्छ । धेरै स्यालहरु मिलेर धेरै ठूलो शिकार गरे भने गधासम्मको गर्न सक्छन् त्यो भन्दा ठूलो सक्दैनन् । त्यसैले त्यहाँको सर्वोत्तम बस्तु भनेको गधाको पुच्छरको टुक्रामात्र हो र त्यहाँ त्यति मात्र भेटिन्छ ।



बत्तीले अन्धकारलाई खान्छ


बत्तीले अन्धकारलाई खान्छ तर त्यही बत्तीले कालो अँगार जस्तो गाजल आफैं पैदा गरिरहेको हुन्छ । मान्छे आफूले जे जस्तो गरिरेहेको हुन्छ त्यसको परिणाम आफैंले आफ्नै कार्यसँगै देखाइरहेको हुन्छ । अनि त्यसको प्रतिफल पनि आफैले भोगिरहेको हुन्छ ।




कुकुरको रुपमा



समाजमा मान्छेको उपस्थिति विभिन्न रुपमा भएको हुन्छ । देवताको स्वरुपमा पनि मान्छे नै हुन्छ । साधुको भेषमा पनि मान्छे नै हुन्छ । चोरको रुपमा पनि मान्छे नै हुन्छ । चाण्डालको स्वरुपमा पनि मान्छे नै हुन्छ । गोरु, गधा, कुकुरको रुपमा पनि मान्छे नै हुन्छ । बाघ, भालू, सिंह, ब्वाँसा, स्यालको रुपमा पनि मान्छे नै हुन्छ ।


कुवा भ्यागुता र कोरस


भ्यागुताहरु कराउन जान्दछन्स्वरमा स्वर मिलाएर,हूल बटुलेर, एकै साथ,एकै स्वरमा रातभर कराउन जान्दछन् भ्यागुताहरुतर भ्यागुताहरुलाई थाहा छैनउनीहरुको आवाजमा सङ्गीत छैनउनीहरुको कोरसमा लय छैनउनीहरुको कानमा त कस्तो लाग्छ कुन्नितर सुन्नेहरुका कानमा साह्रै कर्कश हुन्छ भ्यागुताको आवाजतरै पनि,पानी पर्नै हुँदैनएक तमासमा, एक सुरमाकराउन थाल्छन् भ्यागुताहरु



भ्यागुताहरु उफ्रन जान्दछन्खूव मच्चिमच्चि जोशलेउफ्रन जान्दछन् भ्यागुताहरुतर भ्यागुताहरुलाई थाहा छैनजति उफ्रे पनि उनीहरुकतै माथि पुग्दैनन्जहाँ जति उफ्रन्छन उनीहरुत्यहीं थच्चिरहेका हुन्छन् भ्यागुताहरुकुवाको पर्खालभन्दा माथिकहिल्यै पुग्दैनन् भ्यागुताहरु भ्यागुताहरु बाँच्न जान्दछन्कुवालाई नै संसार मानेरत्यसैमा रमाउँछन् भ्यागुताहरुतर भ्यागुताहरुलाई थाहा छैनउनीहरुको जिन्दगीमा जीवन छैनकुवाको डिल बाहिरवास्तविक संसार र जीवन छ भन्नेकहिल्यै बुझ्दैनन् भ्यागुताहरुआफ्नो अज्ञानतामा नैदङ्ग फुरुङ्ग छन् भ्यागुताहरु

0 comments: