Monday, May 17, 2010

♥♥हेर्न नभुल्नुहोस् है♥♥

♥♥हेर्न नभुल्नुहोस् है♥♥

संसारको सबैभन्दा ठुलो container जहाज धेरै मान्छेहरु यो सोच्छनकी container ship भनेकोके हो र ? तर धेरै मान्छेहरुलाई यो हेरेपच्छी एस्ले अकर्सित गर्नेछ, संसारको सबैभन्दा ठुलो container ओसार्ने 'Emma MAERSK, एस्ले ११००० container एक चोटिमा ओसर्न सक्छ। एस्को लम्बाइ ३९७ मिटर र चौडाइ ५७ मिटर छ।






राष्ट्रपति बाराक हुसेन ओबामा इन्डोनेसियाली फोटो पत्रकार ?





बिश्वकै शक्तीशाली पदमा पुगेको ब्यक्ती अर्थात अमेरिकी राष्ट्रपति बाराक हुसेन ओबामा सँग तस्बिर खिचाउने सपना विश्वका लगभग सबै जसोमा हुन सक्छ तर ति सबैको सपना पुरा हुने निश्चित अबस्य छैन । तर ओबामा सँग तस्बिर खिचाउने सपना भने इन्डोनेसियाली हरुका लागि भने केही हद सम्म पुरा भएको छ र त्यो पुरा गर्ने ब्यक्ती हुन एक इन्डोनेसियाली फोटो पत्रकार इल्हम अदनान ।

अहिले ति फोटो पत्रकार निकै चर्चामा छन जब देखी ओबामाले राष्ट्रपतिको कार्यभार सम्भालेका छन , उनको लोकप्रियता इन्डोनेसियामा निकै बढेको छ । उनको चर्चा उनी द्वारा खिचिएको तस्बिर होइन उनको आफ्नै तस्बिर हो । ३४ बर्सिय अदनानको अनुहार ओबामा सँग निकै मिल्दो जुल्दो छ । उनको तस्बिरहरु धेरै पत्र पत्रीका हरुले प्रकाशित गरिसकेका छन । अहिले ओबामा सँग उनको अनुहार मिलेकै कारण पहिलेको तुलनामा उनको आम्दानी पनि दोब्बर भएको छ । उनी अहिले अन्लाईनका बिज्ञापनहरुमा पनि छाएका छन । उनिसँग तस्बिर खिचाउने हरुको निकै तछाड मछाड हुने गरेको छ ।


प्रबिधीको सही सदुपयोग

अष्ट्रियाका एक कम्प्युटर व्यवसायीले आफ्नो महङ्गो ल्यापटप चोरी भएपछि चोर पक्राउ गर्न नयाँ तरिका फेला पारे । त्यो तरिका उनले प्रयोग मात्र गरेनन् कि सफल समेत भयो । एनानोभा एजेन्सीका अनुसार अष्ट्रियाका ४५ वर्षीय थोमस कारेर पसलमा नभएको मौका पारेर दुइ टीन एजर ठिटाहरुले १ हजार पाउण्ड रकम पर्ने ल्यापटप पसलबाट चोरेर टाप कसे । सौभाग्य कस्तो भने, उनले पसलमा सीसीटीभी चाहिँ राखेका थिए । जसले ती टीन एजर केटाहरुले चोरेको भिडियो रेकर्ड गरेर राखेको रहेछ ।

उनले त्यो भिडियोलाई इन्टरनेटको युट्यूबडटकममा पोष्ट गरिदिए । त्यो भिडियो हेर्ने युट्यूबका दर्शकहरुले ती दुइ केटालाई चिनेर कम्प्युटर पसले थोमस कारेरलाई खबर गरे । अनि थोमसले प्रहरीलाई खबर गरेर ती ठिटालाई पक्राउ गरे ।युट्यूबमा राखिएको भिडियोमा एउटा ठिटो बाहिर मान्छे आउँछन् कि भनेर हेर्ने र अर्को चाहिँ ल्यापटपलाई बोकेर ज्याकेट भित्र घुसाउँदै गरेको दृश्य राखिएको थियो । प्रविधिलाई सही सदुपयोग गर्न सकेको खण्डमा माया मारिसकेको चिज पनि फेला पारेपछि अहिले थोमस कारेर दङ्ग परेका छन् ।



इभिरिङह्याम्स दम्पतीले यो घर बनाउन चार लाख पाउन्ड खर्चेका छन् अस्टे्रलियाको एक जोडीले सूर्यको गतिसँगै घुम्ने घर बनाएको छ । लुक र डेबी इभिरिङह्याम्सले न्युसाउथ वेल्सस्थित विङह्याममा बनाएको घर सूर्यसँगै घुम्छ । सूर्यसँगै घुम्ने यो घर घुम्ने टेबलमाथि बनाइएको छ । यो घर पूरै घुम्छ । घरमा धेरै घाम छिर्नका लागि यो घर बनाइएको हो । यो घर आठ ठाउँमा कुना परेको छ । अन्य सामान्य घरभन्दा यो धेरै फराकिलो पनि छ ।घरका सबै कोठा घरको बीचमा रहेको पल्बिङ र इलेक्टि्रकल फिटिङसँग जोडिएका छन् । घर घुम्दा बीचमा रहेको पल्विङ र इलेक्टि्रकल फिटिङलाई आधार मान्दै घुम्छ ।इभिरिङह्याम्स दम्पतीले यो घर बनाउन चार लाख पाउन्ड खर्चेको छ । छिमेकीले आफ्नै घर बनाउनबारेे छलफल गर्दा घुम्ने घर बनाउने विचार जन्मेको दम्पती बताउँछन् । 'घुम्ने घरमा बस्नु जादुमयजस्तै लाग्छ । घुम्ने घरमा बस्दा सबै सिजन र वातावरणको मजा लिन सकिन्छ,' लुक भन्छन् ।घुम्ने घरका केही समस्या भएको पनि घरधनी बताउँछन् । घर घुम्नाले आफ्नो ध्यान एकत्रित हुन केही कठिनाइ भएको लुकले बताए ।


कम्प्युटर किन्दा ध्यान दिनुपर्ने कुराहरु




टिप्पणीहरू


नयाँ कम्प्युटर किन्दा गल्ती गर्न एकदम नै सजिलो छ । धेरै जसो ले कम्प्युटरको लागि भनेर धेरै भन्दा धेरै रकम खर्च गर्नुहुन्छ । कसैले चहिदै नचहिएको खर्चिलो डिभाइसहरु जोडने कसैले भने किन्नेबेलामा बुद्धी नपुर्याउनाले डिभाइस परिवर्तन तथा कम्प्युटरनै पैसा थपेर सट्नु पर्ने झन्झट बेहोर्नुपर्ने । यतिकै पनि हाम्रो जस्तो राष्ट्र जाहाँ प्राय एसेम्बल कम्प्युटरको प्रयोगनै बढी हुन्छ जुन किन्न जाँदा कम्प्युटर बेच्ने पसलेले सोध्ने प्रश्न भनेको नै यही हुन्छ कि, कस्तो कम्प्युटर लिनु हुन्छ ? अब कम्प्युटर सम्बन्धी धेरै जानकारी नहुनाले जुन चाँही पसले ले राम्रो भन्छ त्यहिनै हाम्रो लागि राम्रो हुने गरेको छ ।



कम्प्युटरमा केही यस्ता चिज हुन्छन जसले तपाईंलाई ६ महिनमै आफ्नो कम्प्युटर अरुको भन्दा पुरनो भएको अनुभब हुने गर्दछ । अनी Ms-Word मात्र चलाऊनको लागि २ ३ हजर पर्ने ग्राफिक्स कार्ड हालेर पैसाको मात्र बर्बाद । कम्प्युटर अन्धो भएर किन्नु भन्दा यो लेख बाट केही भने पनि कम्प्युटर किन्न सहयोग भाईहाल्छ कि ? शायद यो लेख पढेर तपाईंले केही प्रश्न मात्र पसले सँग सोध्न सक्नुभय ठुलै कुर हो ।






Power Supply ::




यो कम्प्युटरको महत्वपूर्ण डिभाइस कै रुपमा रहन्छ। तर कम्प्युटर किन्दा खासै यसलाई महत्व भने
दिइदैन । यसको काम भनेको कम्प्युटर भित्र रहेको डिभाइसलाई पावर दिनु हो । अब यो कती पावरको चाहिन्छ भन्ने कुरा चाँही कम्प्युटर भित्र रहेको डिभाइसहरुमा भरपर्छ जस्तैमा CPU(processor), graphics card अनी अन्य भित्र जोडीएका डिभाइसहरू । Pentium IV तथा यसै जस्तो कम्प्युटरहरुको लागि ३०० Watt देखी ४०० Watt सम्मको राम्रो मानिन्छ । अब तपाईं गेमर हुनुहुन्छ र कम्प्युटरमा नयाँ किसिमको ग्राफिक्स कार्ड जस्तै ATI X8xx अथवा GeForce 6xxx series 3D ग्राफिक्स् कार्डहरु प्रयोग गर्दै हुनुहुन्छ भने पसलेलाई भनेर ४०० Watt वा सो भन्दा बढीको राख्न लगाउनुभए राम्रो हुन्छ ।



कम्प्युटरको power supply ले गर्दा तपाइको कम्प्युटरमा बिभिन्न समस्या त आउछनै तपाईंको कम्प्युटर बिगारने मुख्य डिभाइसको रुपमा यो पर्न सक्छ त्यसैले power supply को केस मा कुनै प्रकारको सम्झौता नगर्नुनै उचित हुन्छ ।



CPU ::



अर्को कम्प्युटरको महत्वपूर्ण डिभाइसको रुपमा CPU आउछ । हुन त यतिकै पनि हाम्रो सोचमा CPU कम्प्युटरको सबैभन्द महत्वपूर्ण र गतिमा ठुलो रोल यसकै हुन्छ भन्ने थाहा भएकोले CPU लाई ध्यान दिएरनै छान्ने गर्छौ । तर CPU पनि बिभिन्न किसिमको आउने भएकोले कम्प्युटर पसलमा गए पछी पसलेको गफमा CPU छान्न गर्होनै परिरहेको हुन्छ । अब अहिले त CPU हरु Intel® को नै कती प्रकारको पाईन्छ जस्तैमा Intel Pentium® Core™2 Extreme Processor


More coming soon

0 comments: