इतिहास पानवारीको
“पानवारी” एउटा सुन्दर रमणीय गाउँ हो । एउटा पर्यटकीय स्थलको रुपमा पनि मानिन्छ । यस गा.वि.सको सिमाना पूर्वमा मोरङ्ग जिल्लाको याङ्गशिला गा.वि.स,पश्चिममा धरान नगरपालिका उत्तरमा धनकुटा जिल्ला र दक्षिणमा चारकोशे झाडी जोडिएको छ ।यस क्षेत्रलाई कृषि क्षेत्रको रुपमा लिने गरिन्छ । यहाँका अधिकांश परिवारको आर्थिक अवस्था कृषि तथा ज्याला मजदूरी मै निर्भर रहेको छ भने स्वास्थ्य, शिक्षा, सञ्चार, यातायात, जस्ता कुराहरुको विकास यस क्षेत्रमा नगन्य मात्रामा भएको छ । विविध मठ मन्दिरहरु,देवदेवालयहरुले सम्पन्न रहेको यस क्षेत्रमा जातिय विविधता, धर्म, संस्कृतिका साथै परम्पराहरुमा समेत विविधता रहेको पाइन्छ ।आज भन्दा करिब १४० वर्ष पहिले यो गाउँ निकै कमजोर अवस्थाको थियो । यहाँका मानिसहरुको बसोवास राम्रो थिएन् । जताततै जंगललै–जंगल, फोहोर, बाघ, भालुको डर, असुरक्षित बसोवास थियो । वि.सं.१९५० मा प्रखर खडेरीले पानवारीमा रहेको पानीका श्रोतहरु सुकेर वस्ती विस्थापित ग¥यो । वि.सं.१९९० तिर यो गाउँको उतरी भागमा अन्दाजी ५० विघाह जति जमिन फाडेर बसोबास गरेको पाइन्छ । वस्तीका बासिन्दाहरुलाई एकैरातमा औलोले समाउथ्यो । जसले गर्दा मानिसहरुलाई बाँच्न साह्रो थियो ।
२००७ साललाई पानवारीको इतिहासका सन्दर्भमा आधुनिक काल मानिन्छ । २००७ सालको पूर्वी नेपालमा भएको आन्दोलनबाट विस्थापित हुन गएको व्यक्तिहरुको यस गाउँमा बसोवास आरम्भ हुन थालेको हो । पानवारीको विकास हुने क्रममा २०१२ सालमा यस गाँउमा ४०–५० घर मात्र थियो । तर यसै समयलाई गाउँको विकास हुन थालेको मानिन्छ । विकासकै क्रममा २०१६ सालमा एउटा प्राथमिक विद्यालयको स्थापना भयो । जसले गर्दा विकासको केन्द्रविन्दु मानिन्छ ।
हाल आएर पानवारी एउटा पर्यटकीय स्थल भएको छ । यसमा १ उच्च मा.वि, १ मा.वि, २ नि.मा.वि, २ निजी विद्यालयहरु छन् । हाल आएर ९५५ घरमा मोटर योग्य बाटो पुगेको छ भने ९६५ घरमा व्यक्तिगत धाराहरु पुगेको छ । यस क्षेत्रलाई खुल्ला दिशा–पिसाव मुक्त क्षेत्र घोषित गरिएको छ ।
पाँचकन्या १,२, ३ का वडाहरु
पानवारीमा 3 स्थित उच्च मा.वि

