निद्रा
'जीवनमा प्रशस्त पैसा कमाउन सकूँ' । संसारमा कसैले गर्न नसकेको शोख मैले नै गर्न पाऊँ ।
उसले सोच्यो- "जीवन धनपतिहरूको उत्कृष्ट उपहार हो ।" धनबिनाको जीवन पृथ्वीको भार शिवाय केही होइन । उसले जीवनको एउटा आदर्श बनायो-सम्पत्ति ।
भोक
'जीवन सधैँभरि सोझो बाटोबाट मात्र हिँड्दैन'- जीवनमा चालीसौँ वर्षसम्म हिँडेपछि ज्ञानको एउटा झिल्को झिलिक्क बलेको छ मभित्र । यस्ता झिल्काहरू सधैँ बलिरहुन् र जीवन जाज्ज्वल्य भइरहोस् भन्ने चाहन्छु सधैँ तर चाहनु र हुनु दुई अलगअलग कुराहरू हुन् । यदाकदा हुने यिनको मिलनबाट प्राप्त हुने आनन्द र सौन्दर्य मेरा बाँच्ने प्रेरणाहरू हुन्- भोक हुन् ।
0 comments:
Post a Comment