Monday, May 17, 2010

चुटकिलाहरु

कम्प्युटर अपरेटरको प्रेमपत्र


जिन्दगीकी कन्ट्रोल प्यानल, 100 जिबीको माया ! मैले 1mb मायााको लागी कतिपटक एप्लाई गरेँ, तर कहिल्यै पनि ओ.के. गरिनौ । तिम्रो पिक्चर मेरो हार्डडिस्कमा सेभ गरिसकेको छु । कृपया मेरो मायालाई रिसाइकलबीनमा सेन्ड नगरिदेउ । मेरो रिकोएस्ट मानिनौं भने, म आफैंलाई अटो डिलिट गर्नेछु , अगाडी तिम्रो इच्छा !! तिम्रो जिन्दगीको पासवर्ड ' Ambika हा हा'

________________________________________________

हनिमुनको पहिलोदिन

प्रेमी: सरिता

प्रेमिका: हजुर । प्रेम: आजको म तिमीलाई एउटा कुरो सोधौँ ?प्रेमिका: सोधन । उनीः के साँच्चै तिम्रो जिवनमा आएको म नै पहिलो पुरुष हुँ ? प्रेमिका: हो नि । म पनि एउटा कुरो सोधौँ ? प्रेमी: सोध न । प्रेमिका: किन सबैजना मलाई यही प्रश्न सोध्छन् जहिलेपनि डार्लिग् ?

पापी आमा

गर्भवती आमाको काखमा बसेर ३ बर्षकी मेमोरी खेलरहेकी छे । मेमोरीः (मम्मीको गर्भपेटमा देखाउँदै) मम्मी, हजुरको भुँडी किन यत्रो ठुलो भएको । मम्मीः नानु, यो बाबु हो । मेरो पेटभित्र सानो बाबु छ । मेमोरीः हजुर त कस्तो पापी !मम्मीः किन नि ? मेमोरीः त्यति सानो बाबुलाई किन खानुभएको त ???

_________________________________________________

रुने समय

पाँचबर्षको पिन्टु २० किलो किताबको झोला बोकेर घरमा पुग्यो । पिन्टुः बाबा बाबा, आज म ब्याग उचाल्न नसकेर क्लासमा कस्तो लडेको थाहा छ !बाबाः अनि क्लासमा लड्दा मेरो बाबु रोयो होला हगी ? छोरोः अँ, रुने टाइम् नै पाईनँ नि, लड्ने बित्तिकै छुट्टीको घन्टी बजिहाल्यो ।

_____________________________________________________

उप प्रधानमन्त्रीको वेट

कमरेड केपी गोली मलेसिया जाने क्रममा सिंगापुर अन्ताराष्ट्रिय एयरपोर्टमा पुगे ।भिआइपी गेटबाट बाहिर निस्कने क्रममा चेकजाँच नगरीकन खुरुखुर हिडेको देखेर सेक्युरिटी हाकिमले रोकिन आदेश दिँदै भन्योःसेक्युरिटीः एक्सक्यूजमी सर, वेट !केपीजीले फनक्क फर्किएर हेरे र भनेः सिक्टी किलो ।



_____________________________________________________

हसिँयाभन्दा सिधा

पुर्ने (लठेब्रो) छोरो पाएको १५ दिनमा बिदेश गयो ।पाँच बर्षपछि घर फर्किएर घरभित्र पस्नासाथ श्रीमती अर्धनग्न अवस्थामा रोइरहेकी थिइन् ।

पुर्नेः के भो कोपिला ?कोपिलाः मलाई हार्ट एट्याक भयो, ऐया......। पुर्ने हत्तपत्त घरको तल्लो कोठामा झरेर एम्बुलेन्समा फोन गर्नमात्र के लागेको हुन्छ, ५ बर्षको उनको छोरो मन्जिल आएर भन्योःमञ्जिलः बाबा बाबा, सपन अंकल पल्लो कोठमा लुकेर कपडा लगाउँदै हुनुहुन्छ । उ फोन भुइँमा राखेर दौडदै श्रीमती भए ठाउँपुग्यो, हेर्यो र अर्को कोठामा पुग्यो, नभन्दै त्यहाँ उसैको मित्र सपनपनि अर्धनग्न अवस्थामा कोठामा यताउता घुम्दै थियो । पुर्नेः (राता राता आँखा पार्दै) साले, तँ कस्तो साथी होस् यार ! उता मेरो श्रीमतीलाई हर्ट एट्याक भइरहेको छ । तँ भने, केटाकेटी जस्तो कोठामा नांगै खेलेर बसेको छस्....... जा............एम्बुलेन्स बोलाएर लिएर आइज !

_________________________________________________

श्रीमतीको राष्ट्रिय स्वभाव

श्रीमतीः साहृजी, यो पोतेको कति पैसा हो ?साहृजीः १४ सय रुपियाँ हो । श्रीमतीः कस्तो महँगो साहृजी !साहृजीः यस्तै हो हजृर । श्रीमतीः ह्या, यस्तो रंग उडिसेको छ !!साहृजीः अर्को हेर्नोस् न । श्रीमतीः सप्पै उस्तै छन् नि, कति हा यसको चाहीँ ? साहुजीः १५०० रुपियाँ । श्रीमतीः कस्तो मँहगो हो साहृजीकहाँ त ! यो पोतेको दाममा त जापानिज जृत्ता नै आउँछ नि । साहृजीः जानोस् न त त्यही जृत्ता झुण्डाउनोस् पोतेको साटो झुण्डाउनोस् पोतेको साटो ।

0 comments: