दुःख
दुःख एउटा साथि रहेछ
छ साथमा
बाचुन्जेली यस्तै होला यो हातमा
एक पत्र छाला छैन
बेल्चा र गैतीले
दुःखी भए नेपाली
आफ्नै मतीले
शिर देखी पैतला सम्म
पसिनाका धारा
आज दुःख सबले पोख्छन
नेपाली ति सारा
तातो यो घाम सँगै
पसिनाका धारा
लक्ष्य सबका सारा
नुनै मिसाउन नपर्ने
आज दुःख भयो सबलाई
आफै जानी जानी
DEV KUMAR KHADKA
टेलीफोन
साथ दियो टेलिफोनले माया लगाउनलाई
माया रै छ सधैको निद्रा भगाउनलाई
आधी ज्यान खिई सक्यो निन्द्रा नआउदा
सबलाई यस्तै हुन्छ होला माया लगाउदा
भोक तिर्खा केहि छैन उसको मायाले
हिड्न खोज्छु गोरेटोमा तर्सीन्छु आफ्नो छायाँले
एक नजर देख्दा उस्लाई प्यासै मेटिन्थ्यो
टेलीफोनको Hello ले उसलाई भेटीन्थ्यो
कहिले आशु झरथ्यो Hello गर्दा फोनमा
टाढै बाट हेर्दै बस्थी आकासको जुनमा
Hello गर्दा गर्दै आज माया बसेछ गहिरो
Hello गर्न नपाउदा चल्छ मनामा पहिरो
चेलीका बेदना
१६ वर्ष नपुग्दै सिन्दुर भरिएछ
१००० औं थिए सपना मेरा त्यसै छरिएछ
रुख आज दुःख मान्छ फल कहाँ गयो
फल झ¥यो रुखबाट झाडीमा प¥यो नी
जीवन गास्यो कसैसँग अब कसो गरुनी
पाके पछि झर्नै पर्छ त्यो फलले
खाए पछि जुठो हुन्छ चोखीन्न जलले
फल भेटयो कसैले खानै जानेन
चुसी फाल्यो कुनामा लानै मानेन
आज एक्लै वितेको छ छैनन सपना
चकना चुर भयो जीवन गर्छन कल्पना
सायद उसलाई पनी ............................................................. खै त ?
चटयाङ्ग
चटयाङ्ग परोस् ज्वालामुखी जाओस् जिन्दगीमा
केवल दुःखै दुःख मात्र, आओस् जिन्दगीमा
सबैलाई देख्न पाऊँ म सफलताको शिखरमा
यसले नसोचेको ठक्कर खाओस् जिन्दगीमा ।
मूल फुटोस जताततै अरुको प्यास मेट्नलाई,
आफू सधैँ मरुभूमि धाओस् जिन्दगीमा
खुशी हुँदै बाँचुन अरु, बजाउँदै बाजागाजा
‘AMBIKA’ सधैँ उदास गीत गाओस् जिन्दगीमा
जिन्दगी
नसोध मसँग हाल जिन्दगीको ।
मिल्दै मिलेन ताल जिन्दगीको ।
रातो गुलाब दिई टाडियौ मबाट
उर्लियो सुनामी छाल जिन्दगीको
उपहार के दिउँ निसानी यो पल
रुवाइ नयाँ छ साल जिन्दगीको
के थाहा फूलले डस्छ बेखवर
आयो अचानक काल जिन्दगीको
जिन्दगी जेलबाट
५ वर्ष पछि निस्कीयो चरो
आफ्नै गुणमा
३ महिना त्यसै बित्यो
आफ्नै सुरमा
कहिले धरान कहिले विराटनगर
गुणमा थिएन बास
चरि सँग Love पर्ला भनि
थिएन चरालाई आस
चरो धेरै घुम्दा घुम्दै
जालमा परेछ
चरि भेटाई ३ महिना
Love पो गरेछ
रमाई रमाई दिन बित्यो
त्यहि चरि सँगै
चरि छोडि चरो उड्यो
चरि पर्यो दङ्गै
उड्यो चरो आकासमा
भुईमा चरि छ
विर्षो छैन चरि (माया)
मुटु भरि छ
फेरी जेलमा पर्यो चरो
कैदी बनेर
सिन्दुर पोते ल्याउला चरी
तिमीलाई भनेर
मेरो साथीको प्रेम काहनी(DEV KUMAR KHADKA)

.jpg)
0 comments:
Post a Comment