Thursday, August 19, 2010

बुलबुल

बुलबुल तिमीले बारम्बार सम्झने गरेको introvert अन्तर्मुखी म नै हु . introvert अन्तर्मुखी यसको अर्थ के हो ? के यो सब्दको गहिराइ तिमीलाई थाहा छ ?


मन दुख्छ तर म खुलेर रुन चाहन्न, म शक्तिशाली छु . मलाई सानो तिनो दु:खले छुन सक्दैन. सबैकुरा मैले देखेको छु भोगेको र सहेको छु र ति सब कुराबाट पार पाएको छु . म रोएको मेरो मन दुखेको कसले देख्यो होला. ममा बिसेष गुण छ मेरो अनुहार र हाहुभाउ हेरेर कसैले मेरो मनको अन्तरदौन्द अनुमान लगाउन सक्दैन.

मेरो अगाडी मेरा धेरै आफ्नाको मृत्य भएको छ . यस्ता धेरै अरु दु:ख हरु छन् जसमा मैले एउटा पनि आशु नबगाइ सामना गरेको छु . मेरी हजुरआमा को मृतु भयो. मेरी हजुरआमा मेरालागि मेरी आमा भन्दा बढी थिईन. उनको मृतु मेरै आखा अगाडी भयो. सबै हाहाकार गर्न थाले रुन थाले कतिको आखा मा आशु नआए पनि सबको आसुमा आसु मिसाए तर म रोईन रुनु को कुनै औचित्य लागेन मलाई. मान्छे मृत्य लगतै गरिने कामकाजको सरसामान जुटाउनु तिर लागे. सबले मलाई निस्ठुरी भन्ठाने तर मलाई थाहा छ मेरो मन मेरो आत्मा कत्ति रोएको थियो. कत्ति रात म आसू बगौदै बसे. कस्ले मेरो मनलाई बुझ्यो र कसले मेरो आशु देख्यो र?

म बहादुर आत्मा हु मलाई कुनै दु:ख पिर र पिडाले बिचलित गराउन सक्दैन. यस्ता धेरै परिस्थति छन् जहाँ मैले आफ्नो बहादुरी देखाएको छु. मेरो आशु माथि बिजय प्राप्ति गरेर आफ्नो कर्तब्य निर्बाह गरेको छु. बिना अर्थ आशु देखाउनुमा बिश्वाश लाग्दैन. मन रुन्छ तर मनमा बिजय प्राप्ति गर्नु आखिर हामीले खोजेको तेही हैन र ?

म आफु भित्रै एउटा संसार हु. मलाई माया ममता डर त्राश घ्रिडा सबै लाग्छ तर यी सबको मूल्य र महोत्यो मलाई थाहा छ. समय र परस्थाती अनुसार यीनै माथि बिजय प्राप्ति गर्न मैले जानेको छु.

बुलबुल तिमी को होउ कस्ती छौ र मेरा लागि तिमी कुन स्थान मा छौ यो कुनै बयाखा गर्नु पर्ने देखाउनु पर्ने जरुरि छैन.

के म तिमीलाइ माया गर्छु नभन्दैमा त्यहाँ माया हुन्न र? के सबै कुरा देखाउनु जरुरि छ ? तिमीलाइ हरेक हप्ता प्रतिक्ष्य गर्छु बस यो भन्दा बढी प्रमाड दिन सक्दिन म तिमी प्रतिको मेरो आत्मियताको

तिमी मेरी मात्र पनि त हैनौ नि??? तिमीलाइ माया गर्ने लाखौ र हजारौ छन्., ति सब प्रति तिम्रो माया फल्दै फुल्दै जाओस तर please तिमी मलाई मेरो माया ब्यक्त गर्न नलगाउ.

अभिवाक्ति पछि मन हलुङ्गो हुन्छ म मेरो तिमी प्रति को मेरो भावना हलुङ्गो पार्न चाहन्न. तिमी खुसि रहू बस येही हो मैले चाहेको

0 comments: